आर्सनल रेन्जर्ससँग बराबरीमा रोकियो एजेन्सी। इडवार्ड एनकेटियाले अन्तिम मिनेटमा गरेको गोलमा आर्सनल मैत्रीपूर्ण खेलमा स्कटल्यान्डको क्लब रेन्जर्ससँग हारबाट जोगिएको छ। इङ्लिस प्रिमियर लिगको क्लब आर्सनलले रेन्जर्ससँग २–२ को बराबरी खेलेको हो। आर्सनलका लागि अर्को गोल नुनो टभारेसले गरे। रेन्जर्सका लियोन बालोगुन र सेड्रिक इटेनले गोल गरे। यसअघि आर्सनल हाइबरनियनसँग २–१ ले पराजित भएको थियो। आर्सनलले अब इटालियन च्याम्पियन इन्टर मिलानसँग सोमबार खेल्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्