पीएसजी तेस्रो श्रेणीको क्लबसँग बराबरीमा रोकियो एजेन्सी। नयाँ सिजन सुरु हुनु अघिको मैत्रीपूर्ण खेलमा फ्रेन्च लिग वानको क्लब पीएसजी तेस्रो श्रेणीको क्लब चाम्बलीसँग २–२ को बराबरीमा रोकिएको छ। पीएसजीका माउरो इकार्डी र जाभी सिमोन्सले गोल गरे। चाम्बलीका बौबाकारी डौकुर र गुइलाउमी हेनरीले गोल गरे। सिजनअघि पीएसजीको यो दोस्रो मैत्रीपूर्ण खेल हो। यसअघि ले मान्सलाई ४–० ले हराएको थियो। पीएसजीले अब बुन्डेसलिगाको क्लब औसबर्गसँग खेल्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्