न्युक्यासलसँग चेल्सी स्तब्ध

काठमाडौं। न्युक्यासल युनाइटेडले इङ्लिस प्रिमियर लिगको पछिल्लो पाँच खेलपछि पहिलो जित निकाल्ने क्रमम गएराति चेल्सीलाई १-० ले स्तब्ध बनाएको छ।

सेन्ट जेम्स पार्कमा इसहाक हेडनले इन्जुरी समयमा गरेको गोल न्युक्यासललाई तीन अंक दिलाउन पर्याप्त बन्यो।

दुवै टोलीले त्यसअघि गोलका केही राम्रा अवसर खेर फाले। चेल्सीका टमी अब्राहमको प्रहार बारमा लागेर बाहिरियो भने एन’गोलो कान्टेको प्रहार मार्टिन डुब्राभकाले बचाइदिए।

त्यसअघि जोलिन्टनको हेडिङ क्रसबारमा लागेर फर्किएको थियो।

दोस्रो हाफमा चेल्सीका विलियानले गोलका राम्रो अवसर सदुपयोग गर्न सकेनन् अब्राहमले पनि पाएको अर्को मौका सदुपयोग गर्न सकेनन्।

हारपछि पनि चेल्सी चौथो स्थानमा कायमै छ। चेल्सीको ३९ अंक छ। जुन पाँचौं स्थानको म्यानचेस्टर युनाइटेडभन्दा पाँच अंकले अगाडी हो।

युनाइटेडले आज शीर्ष क्लब लिभरपुलविरुद्ध खेल्दैछ। न्युक्यासल २९ अंकका साथ १२औं स्थानमा छ।

गएराति नै सम्पन्‍न अन्य खेलमा उल्भरह्याम्पटनले उत्कृष्ट पुनरागमन गर्दै साउथह्याम्पटनलाई ३-२ ले पराजित गर्‍यो।

दुई शुन्यले पछि परेको स्थिती उल्टाउदै उल्भरह्याम्पटनले तीन अंक जोडेको हो।

उल्भरह्याम्पटन ३४ अंकका साथ छैटौं स्थानमा छ। २८ अंक जोडेको साउथह्याम्पटन १३औं स्थानमा छ।

पुछारमा रहेको नर्विच सिटीले बर्नमाउथलाई १-० ले हरायो। एभर्टन वेष्ट ह्यामसँग १-१ को बराबरीमा रोकियो।

ब्राइटन र एस्टन भिल्लाले पनि १-१ को बराबरी खेले।

आर्सनल सेफिल्ड युनाइटेडसँग १-१ को बराबरीमा रोकियो। बराबरीसँगै आर्सनल दशौं स्थानमा छ भने सेफिल्ड युनाइटेड सातौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्