पाकिस्तानले इङ्ल्यान्डलाई ३१ रनले हरायो
एजेन्सी। बाबर आजमको ८५ र मेहम्मद रिजवानको ६३ रनप्रेरित पाकिस्तानले इङ्ल्यान्डविरुद्धको पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३१ रनको विजय हासिल गरेको छ। टस हारेर ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २३२ रन बनायो। २३३ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले १९.२ ओभरमा सबै विकेट गुमाएर २०१ रन मात्र बनायो। इङ्ल्यान्डका लियाम लिभिङस्टोनले १०३ रन बनाए पनि टिमलाई जिताउन सकेनन्।
प्रतिक्रिया दिनुहोस्
