महिला भलिबल टिमले एसियन च्याम्पियनसिप नखेल्ने काठमाडौं। नेपाली महिला टिमले फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप नखेल्ने भएको छ। कोभिड–१९ का कारण आयोजकले नेपाल, भारतलगायतका देशलाई ‘रेड जोन’मा राखेको थियो। अन्ततः एभीसीले नेपाललगायतका देशलाई हटाएर खेलतालिका सार्वजनिक गरेको छ। शुक्रबार जारी तालिकाअनुसार प्रतियोगितामा फिलिपिन्स, थाइल्याण्ड, दक्षिण कोरिया, काजकिस्तान, चाईनिज ताइपेई, इरान, अष्ट्रेलिया र उज्वेकिस्तानले मात्र प्रतिस्पर्धा गर्नेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्