अमेरिका र क्यानडा कान्काकफ गोल्ड कपको क्वार्टरफाइनलमा एजेन्सी। डार्यल डाइकको दुई गोलप्रेरित अमेरिकाले कान्काकफ गोल्डकपमा मार्टिनिकलाई ६–१ ले हराएको छ। अमेरिकाका लागि डाइकबाहेक माइल्स रोबिन्सन, ग्यासी जार्डेस र निकोलस जियाचिनीले समान एक गोल गरे। अमेरिकाले अर्को गोल स्यामुल क्यामिलको आत्मघाती गोल उपहार पाएको थियो। समूह ‘बी’ को अर्को खेलमा क्यानडाले आज हाइटीलाई ४–१ ले हरायो। समान ६ जोडेका क्यानडा र अमेरिकाले क्वार्टरफाइनलमा स्थान पक्का गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्