जोकोभिचले टोकियो ओलम्पिक खेल्ने पक्का एजेन्सी।विश्व नम्बर एक जोभाक जोकोभिचले टोकियो ओलम्पिक खेल्ने घोषणा गरेका छन्। विम्बल्डन टेनिस उपाधि जितेपछि जोेकोभिचले ओलम्पिक खेल्ने सम्भावना ५० प्रतिशतमात्र रहेको बताएका थिए। अष्ट्रेलियन र फ्रेन्च ओपन तथा विम्बल्डनको उपाधि जितेका जोकोभिचले ट्विटरमा टोकियोको टिकट काटेको बताएका छन्। जोकोभिचले अब अर्को महिना न्युयोर्कमा हुने युएस ओपन र ओलम्पिकमा स्वर्ण पदक जिते ‘गोल्डेन स्लाम’ पहिलो पुरुष टेनिस खेलाडी बन्नेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्