मेस्सी थप पाँच वर्ष बार्सिलोनामै रहने! एजेन्सी। बार्सिलोनाका कप्तान लियोनल मेस्सी अर्को पाँच वर्ष क्याटलान क्लबमै रहने भएका छन्। ६ पटकका बालोन डी‘अर अवार्ड विजेता मेस्सीको गत जुन ३० मा बार्सिलोनासँगको सम्झौता समाप्त भएको थियो। तथापि क्याटलानको स्थानीय सञ्चारमाध्यमले ३४ वर्षे मेस्सी बार्सिलोनामै बस्न सहमत भएको जनाएको छ। बार्सिलोना वित्तीय संकटमा रहेका कारण मेस्सी ५० प्रतिशत तलब कटौती गर्न सहमत भएको जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्