१४ खेलाडी राष्ट्रिय टिमबाट बाहिरिए एजेन्सी। नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राष्ट्रिय फुटबल टिमलाई ३६ सदस्यमा झारेका छन्। अल्मुताइरीले साफ च्याम्पियनसिप र एसियन कप छनोटका लागि यसअघि ५० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए। बिदा हुनेमा विशाल सुनार, अमित तामाङ, विवेक बस्नेत, दर्शन गुरूङ, डोना थापा, गौरब बुढाथोकी, मिक्चेन तामाङ, निरज बस्नेत, निशान खड्का, प्रिजेन तामाङ, रवी पासवान, सेसेहाङ आङदेम्बे, शिशिर लेखी र सुदिल राई छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्