देउवा प्रधानमन्त्री भएको १५ घण्टासम्म भारत र चीन मौन काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको १५ घण्टा बितिसक्दा पनि दुई छिमेकी भारत र चीनले बधाई सन्देश पठाएका छैनन्। यसअघि दुवै देशले प्रधानमन्त्री भएको केही मिनेटमै शुभकामना सन्देश दिने गर्थे। यसपटक देउवा प्रधानमन्त्री हुँदा भने दुवै देशले अहिलेसम्म कुनैपनि माध्यमबाट बधाई सन्देश पठाएका छैनन्। नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी र युरोपेली युनियनले सामाजिक सञ्जालमार्फत बधाई दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्