फेडेररले टोकियो ओलम्पिक नखेल्ने एजेन्सी। बीस पटकको ग्राण्डस्लाम उपाधि विजेता रोजर फेडेररले र बेलयातकी नम्बर एक जोहाना कोन्टाले टोकियो ओलम्पिक नखेल्ने भएका छन्। ३९ वर्षीय फेडेररले कुर्कुच्चाको शल्यक्रिया गर्नुपर्ने भएका कारण टोकियो ओलम्पिक नखेल्ने घोषणा गरेका हुन्। फेडेररले बेइजिङ ओलम्पिकमा दुई स्वर्ण पदक जितेका थिए भने लन्डन ओलम्पिकमा रजत पदक जितेका थिए। ३० वर्षीया कोन्टा कोभिड–१९ संक्रमित भएका कारण नखेल्ने भएकी हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्