मन्जु र विनिता फाइनलमा
काठमाडौं। त्रिभुवन आर्मीकी मन्जु विक र एपीएफकी विनिता थापामगरले वीर गणेशमान सिंह स्मृति तेश्रो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिताको महिलातर्फ ६५ किलो तौलसमूहको फाइनलमा स्थान बनाएका छन्।

सेमिफाइनलमा मन्जुले एपीएफकी मनीषा राउत तथा विनिताले मेन डोजोकी रविना तामाङलाई पराजित गरेका हुन्।

महिला खुला तौलसमूहमा एपीएफकी जयन्ती श्रेष्ठले मेन डोजोकी पुनम कर्माचार्य तथा आर्मीकी विन्दु पुनले सो क्योकुसिनकी सुमि श्रेष्ठलाई हराउँदै फाइनलमा स्थान पक्का गरे। महिला ६० केजी तौलसमूहमा एपीएफकी निशा विकले मकवानपुरकी रेश्मा माझी तथा मेन डोजोकी सुस्मिता शाहीले प्रिया वाइबालाई हराउँदै फाइनलमा स्थान पक्का गरे।

महिला ५० केजी तौलसमूहमा आईकेकेएफकी करिश्मा कार्कीले आर्मीकी रुविका खड्का तथा एपीएफकी सन्जुमाया थिङले आर्मीकी शान्ति थापामगरलाई पन्छ्याउँदै फाइनल यात्रा तय गरे। महिला ५५ केजीमा एपीएफकी विद्या गुरुङले आर्मीकी अनुपमा नेपालीलाई तथा आर्मीकी रिना धिमालले नेपाल प्रहरीकी रिता ठकुल्लालाई हराउँदै फाइनलमा स्थान बनाए।

वर्षाका कारण आजका सम्पूर्ण खेलहरू सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको कराते हलमा खेलाइएको थियो। पहिलो दिन ललितपुरको चापागाउँस्थित प्याङगाउँ चौरमा भएको थियो। बाँकी खेल प्याङगाउँमै खेलाइने प्रतियोगिताका संयोजक तथा राष्ट्रिय खेलकुद परिषद्का पूर्वकोषाध्यक्ष मिनकृष्ण महर्जनले बताए।

प्रतियोगितामा पुरुषमा ६ र महिलामा पाँच गरी ११ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ। प्रत्येक स्पर्धामा पहिलो हुनेले ३० हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुने दुई खेलाडीले समान आठ/आठ हजार नगद पुरस्कार पाउनेछन्। टीम स्पर्धामा पहिलो हुनेले एक लाख र दोस्रो हुनेलाई ५० हजार रूपैयाँ पुरस्कार पाउनेछन्।

उत्कृष्ट पुरुष/महिला खेलाडीले जनही २५ हजार नगद पुरस्कार हात पार्नेछन्।

प्रतिक्रिया दिनुहोस्