‘जोकोभिचले २५ ग्राण्डस्लाम उपाधि नजिते आश्चर्य हुनेछ’ एजेन्सी। नोभाक जोकोभिचले २५ ग्राण्डस्लाम उपाधि नजिते मुख्य आश्चर्य हुने टेनिसका महान खेलाडी जोन म्याकइनरोइले बताए। ३४ वर्षे जोकोभिचले गएराती विम्बल्डनको उपाधि जित्दै रोजर फेडेरर र राफेल नाडालको कीर्तिमानी २० ग्राण्डस्लाम उपाधिसँग बराबरी गरेका छन्। सात पटकका ग्राण्डस्लाम विजेता म्याकइनरोइले भन्छन्, ‘‘जोकोभिच अहिले करियरकै उच्च लयमा छन्। अझै कम्तिमा पाँच उपाधि जित्छन्। दबाव चिर्न गाह्रो हुन्छ। तर जोकोभिचले कीर्तिमान रच्नेछन्।’’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्