रोनाल्डो बने युरोकपको ​सर्वाधिक गोलकर्ता काठमाडाैं। पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डो युरोकप २०२० मा सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट पाएका छन्। उनको टिम भने प्रतियोगिताको अन्तिम १६ बाटै बाहिरिएको थियो। उनी ४ खेलमा ५ गोल गर्न सफल भएका थिए। चेक रिपब्लिकका प्याट्रिक सिकले पनि ५ खेलमा ५ गोल गरेका थिए। रोनाल्डोले ५ गोल गरेसँगै राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने इरानका अली दाईको कीर्तिमान बराबरी गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्