जोकोभिचले जिते छैटौं विम्बल्डन टेनिसको उपाधि एजेन्सी। विश्व नम्बर एक नोभाक जोकोभिचले इटालीका माट्टेयो बेरेट्टिनीलाई ३–१ ले हराउँदै विम्बल्डन टेनिसको उपाधि जितेका छन्। ३४ वर्षे सर्वियाका जोकोभिचको यो छैटौं विम्बल्डन उपाधि हो। उनले सातौं वरीयाताप्राप्त बेरेट्टिनीलाई ६–७(४/७), ६–४, ६–४, ६–३ को सेटमा हराएका हुन्। जितसँगै जोकोभिचले रोजर फेडेरर र राफेल नाडालको सबैभन्दा धेरै ग्राण्डस्लाम जित्ने कीर्तिमानसँग बराबरी गरे। तीनै जनाले २० ग्राण्डस्लाम उपाधि जितेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्