फेडरर र नाडालको कीर्तिमान बराबरी गर्ने लक्ष्यमा जोकोभिच एजेन्सी।विश्व नम्बर एक नोभाक जोकोभिच आज विम्बल्डन टेनिसको उपाधिका लागि इटालीका माट्टेयो बेरेट्टिनीविरुद्ध प्रतिस्पर्धा गर्दैछन्। सर्बियाका ३४ वर्षे जोकोभिचले लन्डनमा आज जिते सबभन्दा धेरै २० पटक ग्राण्डस्लाम उपाधि जित्ने फेडेरर र नाडालको कीर्तिमानसँग बराबरी गर्नेछन्। पाँच पटक विम्बल्डन उपाधि जितिसकेका जोकोभिचले यसअघि लगातार दुई पटक उपाधि जितेका छन्। यो वर्ष जोकोभिचले अष्ट्रेलियन ओपन र फ्रेन्च ओपनको उपाधि जितिसकेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्