कोपा अमेरिका कपमा अर्जेन्टिनाद्वारा कीर्तिमान बराबर काठमाडौं।अर्जेन्टिनाले सर्वाधिक कोपा अमेरिका कपको उपाधि जित्ने उरुग्वेको कीर्तिमानसँग बराबरी गरेको छ। आइतबार बिहान ब्राजिललाई हराउँदै अर्जेन्टिनाले १५औं पटक कोपा अमेरिका कपको उपाधि जितेको हो।अर्जेन्टिनाले ५ पटक लगातार दुई र एक पटक लगातार तीन पटक उपाधि जितेको छ।उरुग्वेले पनि १५ पटक कोपा अमेरिका कपको उपाधि जित्दा,ब्राजिलले ९, पाराग्वे,पेरु र चिलीले २–२, र कोलम्बिया र बोलिभियाले १–१ पटक उपाधि जितेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्