अर्जेन्टिनाले जित्यो कोपा अमेरिका कपको उपाधि काठमाडौं। कोपा अमेरिका कप फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ। आइतबार बिहान भएको फाइनलमा ब्राजिललाई १–० ले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको छ। अर्जेन्टिनाको जितमा खेलको २२ औं मिनेटमा एन्जेल डि मारियाले गरेको गोल नै निर्णायक बन्यो। अर्जेन्टिनाले सन् १९९३ पछि पहिलो पटक कोपा अमेरिका कपको उपाधि जितेको हो। यो सँगै लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले २८ वर्षदेखिको उपाधिको खडेरी तोडेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्