कोपा अमेरिकामा कोलम्बिया तेस्रो एजेन्सी। लुइस डियाजको दुई गोलप्रेरित कोलम्बियाले आज बिहान पेरूलाई ३–२ ले रहउँदै कोपा अमेरिकामा तेस्रो स्थान हासिल गरेको छ। योशिमार युटनको गोलबाट पेरूले ४५औं मिनेटमा अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन। कोलम्बियाका जुवान कोर्डार्डोले ४९ तथा डियाजले ६६ र इन्जुरी समयमा गोल गरे। पेरूका जियानलुका लापाडुलाले ८२औं मिनेटमा गोल गरे। सेमिफाइनलमा कोलम्बिया अर्जेन्टिनासँग र पेरू ब्राजिलसँग हारेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्