दोस्रो वरीयताप्राप्त साबलेन्कालाई हराउँदै प्लिसकोभा फाइनलमा एजेन्सी। दोस्रो वरीयताप्राप्त आर्यना साबलेन्कालाई २–१ ले हराउँदै क्यारोलिना प्लिसकोभाले विम्बल्डन टेनिसको फाइनलमा स्थान बनाएकी छिन्। पहिलो पटक विम्बल्डनको फाइनलमा स्थान बनाउने क्रममा प्लिसकोभाले बेलारुसकी साबलेन्कालाई ५–७, ६–४, ६–४ को सेटमा हराएकी हुन्। २९ वर्षिया प्लिसकोभाले अब उपाधिका लागि विश्व नम्बर एक एश बार्टीविरुद्ध प्रतिस्पर्धा गर्नेछिन्। प्लिसकोभाले ग्राण्डस्लामको फाइनलमा स्थान बनाएको यो पहिलो पटक हो। 
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्