जिम्बाब्वे ३५४ रनले पछाडि एजेन्सी। बंगलादेशविरुद्ध टेष्ट क्रिकेट खेलको दोस्रो दिन जिम्बाब्वे ३५४ रनले पछाडि परेको छ। दोस्रो दिनमा जिम्बाब्वे ११४÷१ को स्थितिमा छ। जिम्बाब्वेका ताकुजवानाशे काइतानो ३३ र ब्रेन्डन टेलर ३७ रन बनाएर क्रिजमा छन्। महमुदुल्लाहले अविजित १५० रन बनाएपछि बंगलादेशले पहिलो इनिङमा ४६८ रन बनाएको थियो। २९४/८ को स्थितिबाट दोस्रो दिनको खेल थालेको बंगलादेशका लागि तस्किन अहमदले ७५ रन बनाएका थिए। 
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्