आईसीसीले हटायो सिइओ सावनीलाई एजेन्सी। आईसीसीले आज प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनु सावनीलाई तत्काल लागू हुनेगरी पदबाट हटाएको छ। आईसीसी प्रमुख ग्रेग बार्कलेको अध्यक्षतामा आज बसेको आपत्कालिन बोर्ड बैठकले निलम्बनमा रहेका सिइओ सावनीलाई हटाएको हो। अर्को व्यवस्था नहुँदासम्म कार्यबाहक सिइओ जियोफ एलार्डिसले निरन्तरता पाउने आईसीसीले जनाएको छ। २०१९ अप्रिलमा सिइओ नियुक्त भएका सावनी गत मार्चदेखि निलम्बनमा थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्