विश्व नम्बर एक जोकोभिच विम्बल्डनको सेमिफाइनलमा एजेन्सी। विश्व नम्बर एक नोभाक जोकोभिचले हंगेरीका मार्टन फुक्सोभिक्सलाई ३–० को सेटमा हराउँदै विम्बल्डन टेनिसको सेमिफाइनलमा स्थान बनाएका छन्। पाँच पटकका विजेता जोकोभिचले फुक्सोभिक्सलाई ६–३, ६–४, ६–४ को सेटमा हराएका हुन्। सर्वियाका जोकोभिच कीर्तिमानी २० औं पटक ग्राण्डस्लाम उपाधि जित्ने लक्ष्यमा छन्। रोजर फेडेरर र राफेल नाडालले समान २० ग्राण्डस्लाम उपाधि जितेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्