इतिहास रच्ने लक्ष्यमा इङ्ल्यान्ड एजेन्सी। इङ्ल्यान्डका प्रशिक्षक गारेथ साउथगेट आज डेनमार्कलाई रोक्दै पहिलो पटक युरोपियन च्याम्पियनसिपको फाइनलमा स्थान बनाउने लक्ष्यमा छन्। बेम्बली रंगशालामा घरेलु दर्शकको साथ पाउने इङ्ल्यान्डले पछिल्लो पटक १९९६ मा युरोपियन च्याम्पियनसिपको सेमिफाइनल खेलेको थियो। उक्त खेलमा साउथगेटले पेनाल्टीमा गोल गर्न चुक्दा इङ्ल्यान्ड जर्मनीसँग हारेको थियो। उनै साउथगेट अहिले इङ्ल्यान्डको प्रशिक्षक छन्। साउथगेट डेनमार्कलाई हराउँदै इतिहास रच्ने लक्ष्यमा छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्