अर्जेन्टिना कोपा अमेरिका कपको फाइनलमा अर्जेन्टिना कोपा अमेरिका कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधबार बिहान भएको खेलमा कोलम्बियालाई टाइब्रेकरमा ३–२ ले हराउँदै फाइनलमा प्रवेश गरेको हो। अर्जेन्टिनाको जितमा गोलरक्षक इमिलियानो मार्टिनेज नायक बने। उनले कोलम्बियाका ३ पेनाल्टी रोकेका थिए। निर्धारित समयको खेल १–१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो। अब अर्जेन्टिनाले उपाधिका लागि ब्राजिलसँग खेल्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्