बेन स्टोक्सको कप्तानीमा इंग्ल्यान्डद्धारा नयाँ टोलीको घोषणा
एजेन्सी। यसअघि घोषणा गरेको टिमका ३ खेलाडी र स्टाफसहित ७ जनामा कोरोना संक्रमण देखिएपछि इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डले पाकिस्तानसँगको एकदिवसीय सिरिजका लागि नयाँ टोलीको घोषणा गरेको छ। बोर्डले मंगलबार बेन स्टोक्सको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको हो। यसअघि इंग्ल्यान्डले शनिबार इयोन मोर्गनको कप्तानीमा घोषणा गरेको टोलीमा स्टोक्स परेका थिएनन्। इंग्ल्यान्डले घोषणा गरेको टिममा ९ नयाँ खेलाडी परेका छन्।
प्रतिक्रिया दिनुहोस्
