कोपा अमेरिकाः दोस्रो सेमिफाइनलमा अर्जेन्टिनालाई कोलम्बियाको चुनौती एजेन्सी। कोपा अमेरिका फुटबलअन्तर्गत भोली बिहान हुने दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले कोलम्बियाको सामना गर्दैछ। खेल नेपाली समयअनुसार बिहान ६ः४५ बजेबाट सुरु हुनेछ। अर्जेन्टिनाले क्वाटरफाइनलमा इग्वेडरको चुनौतीलाई पन्छाएको थियो। कोलम्बियाले उरुग्वेलाई पराजित गरेको थियो। यी दुई टोलीबीच हालसम्म ४० पटक प्रतिस्पर्धा भएको छ। जसमा अर्जेन्टिनाले २३ पटक र कोलम्बियाले ९ पटक जित्दा ८ खेल बराबरीमा सकिएको छ।
प्रतिक्रिया दिनुहोस्