इटालीका रक्षक स्पिनेजोलाको शल्यक्रिया सफल एजेन्सी। इटालीका रक्षक लियोनार्दो स्पिनेजोलाको फिनल्यान्डमा कुर्कुच्चाको सफल शल्यक्रिया गरिएको छ। गत शुक्रबार युरो–२०२० को क्वार्टरफाइनलमा बेल्जियमविरुद्ध खेल्दा स्पिनेजोलाको बायाँ खुट्टामा चोट लागेको थियो। २८ वर्षे स्पिनेजोलाले शल्यक्रियापछि इन्स्टाग्राममा फोटो राख्दै सबैलाई धन्यवाद दिएका छन्। रक्षक स्पिनेजोला लामो समय मैदानबाहिर हुनेछन्। इटालीले आज फाइनल प्रवेशका लागि स्पेनसँग प्रतिस्पर्धा गर्दैछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्