नेइमार भन्छन्– कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिना नै होस् एजेन्सी। ब्राजिलका फरवार्ड नेइमारले कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनाविरुद्ध खेल्ने चाहना व्यक्त गरेका छन्। सोमबार बिहान पेरुलाई १–० ले हराउँदै ब्राजिलले फाइनलमा स्थान बनाएको छ। दोस्रो सेमिफाइनलमा लियोनल मेस्सीको अर्जेन्टिनाले कोलम्बियाविरुद्ध खेल्दैछ। नेइमार भन्छन्,‘‘फाइनलमा अर्जेन्टिना होस भन्ने चाहन्छु। दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाको लागि कामना गर्छु। अर्जेन्टिनाका साथीहरूविरुद्ध फाइनल खेल्न चाहन्छु।’’ २००७ को फाइनलमा ब्राजिलले अर्जेन्टिनालाई ३–० ले हराएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्