जब्बर इटालीलाई टिकी–टाका स्पेनको चुनौती एजेन्सी। ‘टिकी–टाका’ स्पेनले २०१२ को युरोकपको फाइनलमा इटालीलाई ४–० ले हराउँदै उपाधि उचालेको थियो। आजराति त्यही दुई टिम युरो–२०२०को फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दैछन्। युरोपियन च्याम्पियनसिपमा इटाली र स्पेन सातौं पटक आमनेसामने हुन लागेका हुन्। स्पेनले ९० मिनेटको समयमा एकपटक मात्र जितेको छ। २०१६मा इटालीले स्पेनलाई २–० ले हराएको थियो। आज त्यसको बदला लिने मौका स्पेनलाई छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्