विम्बल्डनमा सनसनीपूर्ण नतिजा निकालेकी राडुकानु ‘रिटायर्ड हर्ट’ एजेन्सी। खेल्दा खेल्दै श्वास फेर्न गाह्रो भएपछि बेलायतका वाइल्डकार्ड इमा राडुकानु विम्बल्डन टेनिसको अन्तिम–१६ बाट बाहिरिएकी छन्। सनसनीपूर्ण नतिजा निकालेकी १८ वर्षीया राडुकानुले अष्ट्रेलियाकी अज्ला टोमजानोभिकविरुद्ध ४–६, ०–३ को स्थितिमा हुँदा श्वास फेर्न गाह्रो भएपछि खेल छाडेकी थिइन्। टोमजानोभिकले अब सेमिफाइनल प्रवेशका लागि विश्व नम्बर एश्ले बार्टीविरुद्ध खेल्नेछिन्।
प्रतिक्रिया दिनुहोस्