फेडेरर विम्बल्डनको क्वार्टरफाइनलमा
एजेन्सी। आठ पटकको विजेता रोजर फेडेररले इटालीका लोरेन्जो सोनेगोलाई ३–० को सोझो सेटमा हराउँदै विम्बल्डन टेनिसको क्वार्टरफाइनलमा स्थान बनाएका छन्। स्वीट्जरल्यान्डका ४९ वर्षे फेडेररले २३औं वरियाताका सोनेगोलाई ७–५, ६–४, ६–२ को सोझो सेटमा हराएका हुन्। कीर्तिमानी २१औं ग्राण्डस्लाम उपाधि जित्ने लक्ष्यमा रहेका फेडेररले अब दोस्रो वरियाताका ड्यानियल मेदभेदेभ र पोल्यान्डका हुबर्ट हुर्काजबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन्।
प्रतिक्रिया दिनुहोस्
