पेरुलाई हराउँदै ब्राजिल कोपा अमेरिका कपको फाइनलमा काठमाडौं। ब्राजिल कोपा अमेरिका कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। लगातार दोस्रो पटक फाइनलमा पुग्ने क्रममा साबिक विजेता ब्राजिलले पेरुमाथि १–० को जित निकालेको हो। ब्राजिलको जितमा खेलको ३५औं मिनेटमा लुकास पाक्वेटाले गरेको गोल निर्णायक भयो । अब उपाधिका लागि उसले अर्जेन्टिना र कोलम्बियाबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। यी दुई टोलीबीचको सेमिफाइनल खेल भोलि हुनेछ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्