फर्स्ट–क्लास क्रिकेटमा एन्डरसनको एक हजार विकेट
एजेन्सी। इङ्ल्यान्डको तिब्र गतिका बलर जेम्स एन्डरसनले फर्स्ट–क्लास क्रिकेटमा एक हजार विकेट लिएर अर्को कोशेढुंगा बनाएका छन्। काउन्टी च्याम्पियसिपमा ल्यान्कशायरका एन्डरसनले सोमबार केन्टविरुद्ध दश ओभरमा पाँच मेडन राख्दै १९ रन दिएर सात विकेट लिए। एन्डरसन फर्स्ट–क्लास क्रिकेटमा एक हजार विकेट लिने १४ औं खेलाडी बने। एन्डरसनले १६२ टेष्ट क्रिकेटमा ६१७ विकेट लिइसकेका छन्।
प्रतिक्रिया दिनुहोस्
