विश्व नम्बर एक जोकोभिच क्वार्टरफाइनलमा
एजेन्सी। विश्व नम्बर एक सर्वियाका नोभाक जोकोभिचले चिलीका क्रिष्टेन गारिनलाई ३–० को सोझो सेटमा हराउँदै लगातार चौथो पटक विम्बल्डन टेनिसको क्वार्टरफाइनलमा स्थान बनाएका छन्। पाँच पटकको विजेता ३४ वर्षीय जोकोभिचले १७ औं वरियाताका गारिनलाई ६–२, ६–४, ६–२ को सेटमा हराएका हुन्। कीर्तिमानी २०औं ग्राण्डस्लाम उपाधि जित्ने लक्ष्यमा रहेका जोकोभिचले अब हंगेरीका मार्टन फुकसोभिक्सविरुद्ध खेल्नेछन्।
प्रतिक्रिया दिनुहोस्
