विश्व नम्बर एक बार्टी पहिलो विम्बल्डनको क्वार्टरफाइनलमा एजेन्सी। विश्व नम्बर एक एश्ले बार्टीले आज चेक गणतन्त्रकी बारबोरा क्रेज्कीनोभालाई २–० को सेटमा हराउँदै विम्बल्डन टेनिसको क्वार्टरफाइनलमा स्थान बनाएकी छन्। २०१९ मा फ्रेन्च ओपनको उपाधि जितेकी बार्टीले क्रेज्कीनोभालाई ७–५, ६–३ को सेटमा हराएकी हुन्। अष्ट्रेलियाकी बार्टीले विम्बल्डनको क्वार्टरफाइनलमा स्थान बनाएको यो पहिलो पटक हो। बार्टीले अब बेलायतकी इमा राडुकानु र अष्ट्रेलियाकी एजला टोमजानोभिकबीचको विजेतासँग खेल्नेछिन्।
प्रतिक्रिया दिनुहोस्