प्लिसकोभा विम्बल्डनको क्वार्टरफाइनलमा एजेन्सी। चेक गणतन्त्रकी क्यारोलिना प्लिसकोभाले रूसकी लिउडमिला सामसोनोभालाई २–० को सहज सेटमा हराउँदै विम्बल्डन टेनिसको क्वार्टरफाइनलमा स्थान बनाएकी छन्। आठौं वरियाताप्राप्त प्लिसकोभाले २२ वर्षिया सामसोनोभालाई ६–२, ६–३ को सेटमा हराएकी हुन्। लगातार क्वार्टरफाइनलमा स्थान बनाएकी २९ वर्षीया प्लिसकोभाले अब सेमिफाइनल प्रवेशका लागि म्याडिसन किज र भिक्टोरिजा गोलुबिकबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछिन्।
प्रतिक्रिया दिनुहोस्