इटालीका बेरेटिनी विम्बल्डनको क्वार्टरफाइनलमा एजेन्सी। इटालीका मटेयो बेरेटिनीले बेलारुसका इल्या इभाश्कालाई ३–० को सोझो सेटमा हराउँदै विम्बल्डन टेनिसको क्वार्टरफाइनलमा स्थान बनाएका छन्। योसँगै बेरेटिनी २३ वर्षपछि विम्बल्डनको अन्तिम आठमा स्थान बनाउने पहिलो इटालियन खेलाडी बनेका छन्। सातौं वरियाताप्राप्त बेरेटिनीले इभाश्कालाई ६–४, ६–३, ६–१ को सेटमा हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएका हुन्। बेरेटिनीले अब एलेक्जेन्डर जेरेभ र फेलिक्स औगर–एलिएसिमबीचको विजेतासँग खेल्नेछन्।
प्रतिक्रिया दिनुहोस्