खेलाडीलाई उपचार गर्न कल्याणकारी कोषको सहयोग काठमाडौं। राष्ट्रिय खेलाडी कल्याणकारी कोषले विभिन्न ४ खेलका खेलाडीलाई सोमबार उपचार खर्च उपलब्ध गराएको छ। ब्याडमिन्टनकी रञ्जना भट्ट र टेबलटेनिसकी मारिया थापा मगरलाई समान ८० हजार, जुडोकी सुनिता बोहरालाई ३० हजार तथा उसुकी सिलु डंगोललाई १९ हजार ६५५ रुपैयाँ प्रदान गरिएको हो। कोषले चालू आर्थिक वर्ष १३ खेलाडीलाई उपचार खर्चबापत ११ लाख ३४ हजार ६५५ रुपैयाँ वितरण गरिसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्