दोस्रो वरियाताकी साबलेन्का पहिलोपटक ग्रान्ड स्लामको क्वार्टरफाइनलमा
एजेन्सी। दोस्रो वरियाताप्राप्त आर्यना साबलेन्काले काजकिस्तानकी एलेना रेबाकिनालाई २–१ को सेटमा हराउँदै विम्बल्डन टेनिसको क्वार्टरफाइनलमा स्थान बनाएकी छन्। बेलारूसकी साबलेन्काले ग्राण्ड स्लामको क्वार्टरफाइनलमा स्थान बनाएको यो पहिलोपटक हो। साबलेन्काले १८ औं वरियाताप्राप्त २२ वर्षिया रेबकिनालाई ६–३, ४–६, ६–३ को सेटमा हराएकी हुन्। २३ वर्षिया साबलेन्काले अब सेमिफाइनल प्रवेशका लागि ट्युनेसियाकी अन्स जेबउरविरुद्ध खेल्नेछिन्।
प्रतिक्रिया दिनुहोस्
