स्विटेकलाई हराउँदै जबेउर विम्बल्डनको क्वार्टरफाइनलमा
एजेन्सी। पूर्व फ्रेन्च ओपन विजेता इगा स्विटेकलाई २–१ को सेटमा हराउँदै टुनिसियाकी अन्स जबेउरले विम्बल्डन टेनिसको क्वार्टरफाइनलमा स्थान बनाएकी छन्। २१औं वरियाताप्राप्त जबेउरले सातौं वरियाताप्राप्त २० वर्षीया स्विटेकलाई ५–७, ६–१, ६–१ को सेटमा हराएकी हुन्। जबेउरले विम्बल्डनको क्वार्टरफाइनलमा स्थान बनाएको यो पहिलो पटक हो। २६ वर्षीया जबेउरले अब सेमिफाइनल प्रवेशका लागि दोस्रो वरियाताकी आर्यना साबलेन्काविरुद्ध खेल्नेछिन्।
प्रतिक्रिया दिनुहोस्
