युरोकप सेमिफाइनल : इटाली र स्पेन तथा इंग्ल्यान्ड र डेनमार्क भिड्ने एजेन्सी।युरोकप फुटबलको सेमिफाइनलको समीकरण पूरा भएको छ।गएराति क्वाटरफाइनलका दुई खेल सम्पन्न भएसँगै प्रतियोगिताको अन्तिम ४ मा पुग्ने टोलीको टुंगो लागेको हो।सेमिफाइनलमा इटालीले स्पेनको र इंग्ल्यान्डले डेनमार्कको चुनौतीको सामना गर्नेछ।यसअघि अन्तिम ८ मा इटालीले बेल्जियमलाई, स्पेनले स्वीट्जरल्यान्डलाई, डेनमार्कले चेक रिपब्लिकलाई र इंग्ल्यान्डले युक्रेनलाई पराजित गरेका हुन्। सेमिफाइनलमा स्पेन र इटाली ७ जुलाईमा र इंग्ल्यान्ड र डेनमार्कबीचको प्रतिस्पर्धा ८ जुलाईमा हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्