कोपा अमेरिका: सेमिफाइनलमा ब्राजिलले पेरु र अर्जेन्टिनाले कोलम्बियाको सामना गर्ने एजेन्सी।कोपा अमेरिका कप फुटबलको सेमिफाइनलको समीकरण पूरा भएको छ।आइतबार बिहान क्वाटर फाइनलका दुई खेल सम्पन्न भएसङै अन्तिम ४ मा पुग्ने टोलीको टुंगो लागेको छ।अब प्रतियोगिताको सेमिफाइनलमा साबिक विजेता ब्राजिलले पेरुको र अर्जेन्टिनाले कोलम्बियाको सामना गर्नेछ।ब्राजिलले क्वाटरफाइनलमा चिलीलाई, पेरुले पाराग्वेलाई, कोलम्बियाले उरुग्वेलाई र अर्जेन्टिनाले इक्वेडरलाई पराजित गरेका हुन्।६ जुलाईमा ब्राजिल र पेरु तथा ७ जुलाईमा अर्जेन्टिना र कोलम्बियाबीच सेमिफाइनल खेल हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्