इक्वेडरलाई हराउँदै अर्जेन्टिना कोपा अमेरिका कपको सेमिफाइनलमा काठमाडौं। इक्वेडरमाथि ३–० को जित निकाल्दै अर्जेन्टिना कोपा अमेरिका कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सीले एक गोल गरे भने दुई गोलका लागि पास उपलब्ध गराए। खेलको ४०औं मिनेटमा रोड्रिगो डि पाउलको गोलबाट अर्जेन्टिनाले अग्रता लिएको थियो। ८४ औं मिनेटमा लौटारो मार्टिनेज र अतिरिक्त समयमा मेस्सीले गोल गरे। अर्जेन्टिनाले अब फाइनल प्रवेशका लागि कोलम्बियासँग खेल्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्