उरूग्वेलाई टाइब्रेकरमा स्तब्ध पार्दै कोलम्बिया सेमिफाइनलमा काठमाडाैं। उरूग्वेलाई टाइब्रेकरमा स्तब्ध पार्दै कोलम्बिया कोपा अमेरिका कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। आज बिहान सम्पन्न खेलको निर्धारित समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो। टाइब्रेकरमा उरूग्वे ४–२ ले पराजित भयो। कोलम्बियाका गोलकिपर डेभिड ओस्पिनाले उरूग्वेका जोसे जिमिनेज र मातियास भिनाको प्रहार रोकेका थिए। कोलम्बियाले सेमिफाइनलमा अर्जेन्टिना वा इक्वेडरसँग प्रतिस्पर्धा गर्ने छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्