युक्रेनमाथि ४–० को जितसहित इंग्ल्याण्ड युरोकप सेमिफाइनलमा काठमाडाैं।युक्रेनमाथि ४–० को शानदार जित निकाल्दै इंग्ल्याण्ड युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ।इंग्ल्याण्डको जितमा ह्यारी केनले दुई तथा ह्यारी मगुएर र जोर्डन हेन्डर्सनले एक–एक गोल गरे।इंग्ल्याण्डले सन् १९६६ को विश्वकपछि पहिलोपटक प्रमुख प्रतिस्पर्धाको नकआउट चरणको एक खेलमा चार गोल गरेको हो।२५ वर्षपछि युरोकपको सेमिफाइनलमा पुगेको इंग्ल्याण्डले फाइनल प्रवेशका लागि डेनमार्कको सामना गर्नेछ।चेक गणतन्त्रमाथि २–१ को जित निकाल्दै डेनमार्क सेमिफाइनलमा पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्