काठमाडौं। पेरिस सेन्ट जर्मेन (पिएसजी) ले गएराति मोनाकोलाई ४–१ ले हराउँदै फ्रेन्च लिग वानको शीर्ष स्थानमा आठ अंकको स्पष्ट अग्रता बनाएको छ।
तीन दिनअघि घरेलु मैदानमा ३–३ को बराबरी खेलेको पिएसजीले मोनाको मैदानमा भने शुरूबाटै प्रभाव जमाएको थियो।
एन्जेल डी मारियको पासमा एमबाप्पेले २४औं मिनेटमा गरेको गोलसँगै पिएसजीले अग्रता बनाएको थियो। पहिलो हाफको अन्तिम मिनेटमा नेइमारले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर बनाए।
७२औं मिनेटमा पाब्लो साराबियाले तेस्रो गोल गर्दा इन्जुरी समयमा २१ वर्षे एमबाप्पले अर्को गोल थपेपछि पिएजसीले सहज जित निकाल्यो।
टिमोए बाकायोकोले ८७औं मिनेटमा गरेको गोल मोनाकोका लागि सान्त्वना बन्यो।
एमबाप्पेले २०१५ देखी २०१८ सम्म मोनाकोबाटै खेलेका थिए। त्यसपछि पिएसजी आएका एमबाप्पेले जारी सिजनको लिगको १४ खेलमा १३ गोल गरिसकेका छन्। जुन फ्रेन्च लिग वानमा धेरै गोल गर्ने खेलाडी मोनाको विसम बेन यडरभन्दा एक गोलले कम हो।
जितसँगै पिएसजी २० खेलबाट ४९ अंक जोड्दै लिगको शीर्ष स्थानमा छ। जुन दोस्रो स्थानको मार्सेलेको भन्दा आठ अंकले बढी हो। मोनाको भने २९ अंकका साथ नवौं स्थानमा छ।