काठमाडौं। पाउलो डिबालाको दुई गोलप्रेरित युभेन्टसले गएराति युडिनेसलाई ४–० ले हराउँदै इटालियन कपको क्वार्टरफाइनलमा स्थान बनाएको छ।
डिबालाकै पासमा गोन्जालो हिग्विनले गरेको गोलमा युभेन्टसले १६औं मिनेटमा अग्रता लिएको थियो। त्यसको दश मिनेट वित्न नपाउँदै डिबालाले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए। युडिनेसका गोलकिपर निकोलसले रोड्रिगो बर्नार्डेस्चीलाई फाउल गरेपछि युभेन्टसले पेनाल्टीको अवसर पाएको हो।
५८औं मिनेटमा डिबालाले व्यक्तिगत दोस्रो गोल गरे। त्यसको तीन मिनेट नवित्दै डोगलस कोस्टाले पेनाल्टीमा अर्को गोल थपेपछि युभेन्टसले सहज जित निकाल्यो। युडिनेसका ब्राम नुएटिन्कले पेनाल्टी क्षेत्रमा ह्याण्ड गरेपछि युभेन्टसले पेनाल्टी पाएको हो।
विरामी भएका कारण क्रिष्टियानो रोनाल्डो टिममा थिएनन्। रोनाल्डोलाई ‘साइनस इन्फेक्सन’ भएको थियो।
पाँच पटको इटालियन कप विजेता एसी मिलानले स्पललाई ३–० ले हराउँदै अन्तिम आठमा स्थान बनायो।
ज्लाटन इब्राहिमोभिच बेन्चमा बसेको खेलमा एसी मिलानलाई जिताउन क्रिस्टोफ पिएटेकले २०औं मिनेटमा गोल गरे। ४४औं मिनेटमा सामुएल काष्टिलेजोले अग्रता दोब्बर बनाए। ६६औं मिनेटमा थियो हर्नान्डेजले अर्को गोल थप्दै घरेलु मैदानमा मिलानलाई सहज जित दिलाए।
युभेन्टसले अब सेमिफाइनल प्रवेशका लागि रोमा र पर्माबीचको विजेतासँग खेल्नेछ भने मिलानले टोरिनोविरुद्ध खेल्नेछ।
" /> काठमाडौं। पाउलो डिबालाको दुई गोलप्रेरित युभेन्टसले गएराति युडिनेसलाई ४–० ले हराउँदै इटालियन कपको क्वार्टरफाइनलमा स्थान बनाएको छ।डिबालाकै पासमा गोन्जालो हिग्विनले गरेको गोलमा युभेन्टसले १६औं मिनेटमा अग्रता लिएको थियो। त्यसको दश मिनेट वित्न नपाउँदै डिबालाले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए। युडिनेसका गोलकिपर निकोलसले रोड्रिगो बर्नार्डेस्चीलाई फाउल गरेपछि युभेन्टसले पेनाल्टीको अवसर पाएको हो।

">