युरोकपमा क्वाटरफाइनलको अन्तिम दुई खेल आज एजेन्सी। युरोकप फुटबलअन्तर्गत आज तेस्रो र अन्तिम क्वाटर फाइनल खेल हुँदैछ। नेपाली समयअनुसार राती९ः४५ बजे हुने तेस्रो क्वाटर फाइनलमा चेक रिपब्लिक र डेनमार्कबीच प्रतिस्पर्धा हुँदैछ। डेनमार्कले अन्तिम १६मा वेल्सलाई र चेक रिपब्लिकले नेदरल्यान्ड्सलाई पराजित गरेको हो। अन्तिम ८को अन्तिम खेलमा आज राती १२ः४५ बजे इंग्ल्यान्डले युक्रेनको सामना गर्नेछ। इंग्ल्यान्डले अन्तिम १६ मा जर्मनीलाई र युक्रेनले स्विडेनलाई पराजित गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्