चिलीलाई स्तब्ध बनाउँदै ब्राजिल कोपा अमेरिका कपको सेमिफाइनलमा काठमाडाैं। चिलीमाथि १–० को जित निकाल्दै ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार बिहान भएको खेलमा ब्राजिललाई जित दिलाउन ४६ औं मिनेटमा लुकास पाक्वेटाले निर्णायक गोल गरे। ४८ औं मिनेटमा गाब्रियल जिसस सिधै रातो कार्ड पाएर बाहिरिएपछि ब्राजिल १० खेलाडीमा सीमित भएको थियो। आइतबार बिहान सेमिफाइनल प्रवेशका लागि उरुग्वे र कोलम्बिया तथा अर्जेन्टिना र इक्वेडरबीच खेल हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्